काठमाडौं
संसदको प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदमा सशक्त रुपमा प्रस्तुत हुने भएका छन् । सिंहदरवारमा शुक्रबार बसेको बैठक तीन दल एक ढिक्का भएर मोर्चा बनाएर जाने निर्णय गरेका हुन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गैरसंविधानिक रुपमा नियुक्त भएकाले संसददेखि सडकसम्म प्रतिवाद गरिने बताए । प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिने निर्णय गरेपछि तीन दल रणनीति बनाउन बैठक बसेका थिए । ‘प्रमुख प्रतिपक्ष तीन दलको बैठक सिंहदरवारमा बस्यो । प्रतिपक्षको मोर्चा कसरी बलियो बनाउने भन्ने बारेमा छलफल भयो । प्रधानमन्त्रीले विश्वासको मत लिने बेला कसरी प्रस्तुत हुने भन्ने बारेमा परामर्श भयो’उनले भने,‘संविधान बमोजिम ओली नेतृत्वको सरकार गठन नभएकाले आफ्ना कुरा राख्छौं ।’ माओवादी कन्द्रका उपमहासचिव एवंपूर्व मन्त्री वर्षमान पुनले ओली नेतृत्वको सरकार संवैधानिक रुपमा कमजोर जगमा निर्णा भएको जिकिर गरे । संविधानको धारणा ७६(३) बमोजिम गठन हुनुपर्नेमा ७६(२) बमोजिम गठन भएको कानुनी रुपमा वैधानिक भन्न नमिल्ने पुनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका रबि लामिछानेले संसदमा सबै विषय समेटिने गरी फरक फरक रुपमा प्रस्तुत हुने भएका छन् ।
माओवादी सहित तीनले ओलीले विश्वासको मत नदिने तयारी गरेका छन् । तर, आधिकारिक रुपमा भने विश्वासको मत दिने वा नदिने भन्ने बारेमा कुनै निर्णय गरेका छैनन् ।