0
Shares
काठमाडौं । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् ।
धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।
घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाइ छ ।