0
Shares
काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न पुगेका टोलीको गाडीलाई स्थानीयले आगो लगाइदिएका छन् । आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।
बुधबार दिउँसो भरतपुर महानगर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरीकै अगाडि उनीहरूले बागमती प्रदेश-०१-०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
गाडीमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाएको थियो । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए ।
पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् । उनीहरूले रेलमार्ग सार्नु पर्ने माग गर्दै विरोधमा थिए।