त्रिशूलीमा बेपत्ता बसहरूको खोजी हुँदै, अझै भेट्टाउन सकेन

0 Shares

काठमाडौं । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसको खोजी कार्य जारी रहेको छ । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगर २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान दुई वटा बस खसेका थिए ।

बसमा ६५ जना सवार रहेको बताइएको छ । नदीमा पानीको सहत बढेसँगै पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् ।

चितवन प्रहरी प्रमुख भावेश रिमालले नारायणगढ-मुग्लिन सडकमा दुई वटा बस पहिरोले बगाएको खबर प्राप्त गर्नेबितिकै घटनास्थलमा पुगेर खोजी कार्य जारी राखेको जानकारी दिए । काठमाडौंबाट आएको बसको तीन जनाको भने उद्धार गरेर उपचार भइरहेको छ ।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको थियो । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना थिए ।

सम्बन्धित समाचार