0
Shares
काठमाडौं । बिहीबार राति अवतरणका क्रममा बुद्ध एअरको जहाज रनवेबाट करिब ५ मिटर चिप्लिएर किनारमा पुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाज रनवेबाट घाँसे मैदानमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जहाजमा सबै यात्रुलाई सुरक्षित बाहिर निस्किएका थिए । काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको थियो ।
जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निस्किएर गन्तव्यमा गएका थिए ।