पहिरोले त्रिशूलीमा बस खसेसँगै प्रधानमन्त्रीले दिए उद्धार गर्न निर्देशन

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसेसँगै दुःख व्यक्त गरेका छन् । यस घटनामा करिब पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।

साथै, प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रतिसमेत चिन्ता व्यक्त गरेका छन् । चितवनमा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई उनले निर्देशन दिए ।

यस क्रममा उनले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्व तयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि तीनै तहका सरकारलाई उनले अपिल गरेका छन् ।

सम्बन्धित समाचार