पहिरोले पृथ्वी राजमार्ग ठप्प, काठमाडौं जान वैकल्पिल बाटो प्रयोग गर्न आग्रह

0 Shares

पहिरोले पृथ्वी राजमार्ग ठप्प, काठमाडौं जान वैकल्पिल बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले मुग्लिङ-नारायणगढ सडक खण्ड ठप्प भएको छ । कालीखोला, सिमलतालसहित विभिन्न क्षेत्रमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

सिमलतालमा लेदोसहित खसेको पहिरोले दुई वटा बस त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको आंकलन गरिएको छ ।

पहिरो पन्छाउने काम भइरहेको जनाउँदै छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

निरन्तर वर्षा र पहिरो खस्ने क्रम नरोकिँदा सडक सुरू गराउन कठिन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडकको अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

 

सम्बन्धित समाचार