पहिरोले त्रिशूली नदीमा खस्दा दुई बस बेपत्ता, यात्रुको खोजी हुँदै

0 Shares

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण दुई वटा बस त्रिशुली नदीमा खसेर बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा चितवन भरतपुर महानगर २९ सिमलताल भन्ने ठाउँमा ठूलो पहिरो झर्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेको हो ।

वीरगञ्जबाट आएको गाडीमा २०-२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ३५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जना गोताखोरसहित २० जना परिचालन भएका छन् । अविरल वर्षाका कारण पहिरोमा परी बस त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।

बीरगन्जबाट आएको गाडीमा २०-२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् ।

पहिरोले अहिले काठमाडौं प्रवेश गर्ने मुग्लिन नारायणगढ सडक ठप्प भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार