0
Shares
बागलुङ । जिल्लामा पहिरोले घर पुरिँदा एक जनाको निधन भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राति घरमाथि पहिरो खस्दा ५५ वर्षीय खिलकुमारी शर्माको निधन भएको हो ।
उनी घरमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीलाई बिहान मात्रै खबर पुगेकाले घटना स्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।