0
Shares
काठमाडौं । चितवनको मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बिहीबार बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला सडक खण्डमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा ठप्प भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सडकमा झरेको पहिरो हटाउन सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ । अहिले चितवनसहित आसपासको क्षेत्रमा वर्षा भइरहेको छ ।