तीन जिल्लामा भारी वर्षा हुने भएपछि सतर्क हुन आग्रह

0 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका तीन जिल्लामा भारी वर्षा हुने भएसँगै सचेत हुन आग्रह गरेको छ । विभागले सुनसरी, सप्तरी र कपिलवस्तुमा भारी वर्षा भइरहेको जनाएको हो ।

सुनसरी जिल्लास्थित सुनसरी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी सप्तरी जिल्लास्थित बलान खोला जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको जनाउँदै बढ्दो क्रममा रहेको उल्लेख गरेको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ४ बजेसम्मै उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

जिल्लाकै खाँडो खोलाको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसो ४ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।

कपिलवस्तु जिल्लास्थित कोइली वाणागंगा खोला जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार