पोखरामा पहिरोले घर बगाउँदा युवकको निधन

0 Shares

काठमाडौं । मंगलबार साँझदेखि निरन्तरको वर्षासँगै आएको पहिरोमा परी पोखरा महानगर २७ मा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो ।

पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घरमाथि आएको पहिरोमा परी उनका छोरा भीमको मृत्यु भएको हो । भीमबहादुरकी आमा ५० वर्षीय कमला थापाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नेपाल प्रहरी र स्थानीयले बुधबार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन् । मनबहादुर राति घरमा नभएकाले ज्यान जोगिएको छ ।

सम्बन्धित समाचार