धादिङ । ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट बनेको छ। न्युनतम सेवा मापदण्डमा ८७ अङ्क ल्याएर ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट बनेको हो । त्यसैगरी ७९ अङ्क ल्याएर जोगीमारा स्वास्थ्य चौकी र मुरली भन्ज्याङ स्वास्थ्य चौकी दास्रो भएको छ भने ७४ अङक् ल्याएर बुढाथुम स्वास्थ्य चौकी तेस्रो हुन सफल भएको छ ।
ज्नस्वास्थ्य कार्यालय धादिङको आयोजनामा संचालन भएको २ दिने न्युनतम सेवा मापदण्ड कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रमबाट उत्कृष्ट स्वास्थ्य चौकी छनोट गरिएको हो । सुशासन, क्लिनिकल सेवा र क्लिनिकल सहयोग सेवामा आधारित रहेर मुल्याङ्न गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो । पछिल्लो तीन वर्ष यता धादिङ जिल्लाका स्वास्थ्य चौकीहरुको सेवा प्रवाहको गुणस्तर बढ्दो अवस्थामा रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा सहभागी स्वास्थ्य संस्थाहरुले आगामी दिनमा धादिङ जिल्लाको सेवा गुणस्तरमा अझै प्रगती गर्दै जाने प्रतिवद्धता गरेका छन् । जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला युवराज अर्यालको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा १३ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख र प्रत्येक स्थानिय तहका उतकृष्ट स्वास्थ्य चौकिका ईन्चाजहरुको उपस्थिति रहेको थियो ।