0
Shares
काठमाडौं । पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वी राजमार्गको मुग्लिन-मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना ३ डहकी खोलामा सोमबार दिउँसो पहिरो खस्दा सडक अवरुद्ध थियो ।
पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।