पानीको बहाव उच्च भएपछि कोशी नदीको ४६ वटा ढोका खोलियो

0 Shares

काठमाडौं । पहाडी भागमा भएको भारी वर्षाका कारण सप्तकोसी नदीमा शनिबार बिहानदेखि पानीको बहाव उच्च छ । आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले तीन लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेण्ड पानीको बहाव मापन गरेको छ ।

शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेण्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमले जनाएको छ । कोसीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो । अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ ।

सप्तकोसी चतरा जल मापन केन्द्रले शनिबार १० बजे राति ६ मिटर जल सतह पार गरेको जनाएको छ । जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

सम्बन्धित समाचार