0
Shares
काठमाडौं । चितवनको इच्छाकामना–३ मा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।
लगातार परेको वर्षासँगै फिस्लिङनजिकै पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुवैतर्फ बाटो खुलाउने काम भइरहेको छ । दिउँसो करिब २ बजे खसेको पहिरो पन्छाउन एक घण्टाभन्दा बढी लाग्ने जनाइएको छ ।