वर्षाका कारण हवाई उडान प्रभावित

0 Shares

काठमाडौं । अविरल वर्षाका कारण हवाई उडानहरु प्रभावित भएका छन् ।

निरन्तरको वर्षाले भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान डिले भइरहेको छ । विहान ७ बजेदेखि आन्तरिक उडानहरु डिले भएको छ ।

अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनले भने,‘अन्तर्राष्ट्रिय तर्फ सबै सामान्य नै रहेको छ । ठूलो पानी परेको बेला उडान केही ढिला हुन सक्छ तर अहिलेसम्म सामान्य नै रहेको छ ।

आन्तरिक तर्फ भने उडान डिले भइरहेको छ । ’ जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा भइरहेको छ ।

सम्बन्धित समाचार