वर्षाले देशभरका जनजीवन अस्तव्यस्त

0 Shares

काठमाडौं । अविरल वर्षासँगै देशभर जनजीवन प्रभावित भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरो आएको छ ।

वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण डुबान सुरु भएको छ ।

भक्तपुरको हनुमन्ते खोलाका कारण शहरी क्षेत्रको जीवन प्रभावित भएको छ । बाढीले सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा बाढी पसेको छ ।

यस्तै, दाङको घोराही उपमहानगर ९ स्थित अस्पारा गनारको खेती योग्य जमिनमा बाढीले क्षति पुगेको छ ।

वीरगन्ज महानगर ११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र डुबानसँगै सडक नदेखिँदा सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि लगातार परेको वर्षाको पानीका कारण देशभरको जनजीवन प्रभावित भएको हो ।

सम्बन्धित समाचार