जब छोराले आमा तिलमायाको हत्या गरे…

0 Shares

काठमाडौं । आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माका २३ वर्षीय दीपक नेपालीले आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

करिब ४६ वर्षीया तिलमाया नेपालीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटना स्थलमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो ।

घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार