0
Shares
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले संसदका प्रमुख दुई ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बन्ने भएपछि व्यंग्य गरेका छन् ।
सोमबार मध्यरातमा दुई दलबीच मिलेर सरकार बनाउने सहमति भएसँगै मंगलबार बिहान सामाजिक सञ्जालमा बालेनले भनेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो ।’
यस्तै, मेयर साहले दुवै दल घोटालामा मुछिएको संकेत गरेका छन् । यसलाई संकेत गर्दै उनले थपेका छन्, ‘काले काले मिलेर खाऊँ भाले ।’
मेयर बालेन साहले गिरीबन्धु टी स्टेटबारे छानबिन गरी केपी शर्मा ओलीसहित दोषीहरूलाई कारबाही गर्नु पर्ने माग राख्दै आएका छन् । यस विषयमा उनले उक्त घोटालामा कुनै पनि सत्ता बार्गेनिङ नगरी पहलकदमी आवश्यक रहेको बताउँदै आएका थिए ।