0
Shares
काठमाडौं । काठमाडौंको सेतोपुलमा डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँ बस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । पीडितको घरमा भिख माग्ने बहाना बनाएर पुगेका उनीहरूले कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएका थिए ।
घटनालगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।