बाढीले एकै परिवारका चार जना बगायो, एकको मृत्यु दुई बेपत्ता

0 Shares

काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका ५ का एकै परिवारका चार जनालाई बगाएको हो । जसमा एक जनाको मृत्यु भएको हो ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र २५ वर्षीया जेठी बुहारी फुला चौधरी छन् ।

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार