0
Shares
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध युवराज पौडेल ‘सफल’ले जाहेरी दर्ता गराएका हुन् ।
उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानूनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको संचालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुँदा स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको नाममा ६४ करोड गैरकानूनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ ।