0
Shares
काठमाडौं । तिहारपछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि आज खुलेको बजारमा मूल्य समायोजन गरेको हो । जसअनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।