त्रिविको उपकुलपतिमा प्रा.डा बुढाथोकी नियुक्त

0 Shares

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा चित्रबहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षामन्त्री अशोक राई नेतृत्वले सिफारिस गरेको तीन जनाको नाममध्य बुढाथोकीलाई नियक्त गरेको हो ।

भारतको जवाहरलाल नेहरू विश्वविद्यायबाट विद्यावारिधि गरेका बुढाथोकी लामोसमयदेखि त्रिविमा नैग जोडिएर काम गर्दै आएका थिए ।समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । त्रिवि उपकुलपति पदका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।

ती मध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए । सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण पछिको अन्तर्वार्ताबाट उनीहरु सिफारिसमा परेका थिए ।

डा बुढाथोकी यसअघि शिक्षाशास्त्र संकायको सहायक डिन भएर चार वर्ष काम गरेसकेका व्यक्ति हुन । उनले सोही संकायमा साढे ३ वर्ष डिनको रुपमा काम गरेका थिए । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएकपछि सो पद रिक्त रहेको थियो ।

सम्बन्धित समाचार