मलेसियामा ट्रकले ठक्कर दिँदा नेपाली युवाको निधन

0 Shares

काठमाडौं । मलेसियामा ट्रकले ठक्कर दिँदा एक नेपाली युवाको निधन भएको छ । निधन हुनेमा रौतहट कटहरिया नगरपालिका ३ का २६ वर्षीय राकेश कुमार सोनार रहेका छन् ।

आफूले काम गरेको कम्पनीबाट कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर उनलाई दिएको थियो । यस क्रममा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

घटना भएको १० दिनपछि मृतकको शव शनिबार साँझ नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ ।

मलेसियास्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ । पछिल्लो एक वर्षदेखि उनी मलेसियामा कार्यरत थिए ।

सम्बन्धित समाचार