कलंकी खसी बजारमा १८ वर्षीय किशोरको हत्या, १९ वर्षका किशोर पक्राउ

0 Shares

काठमाडौं । काठमाडौँको कलंकीस्थित खसी बजारमा एक किशोरको हत्या भएको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या भएको हो।

उनको हत्यामा संलग्न भएको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगरपालिका-१४ कलंकीमा रहेको खसी बजारमा विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पाख्रिनलाई पक्राउ गरेको हो।

घटना अनुसन्धानको लागि थप ३ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार