गगन थापा कांग्रेसको सभापति निर्वाचित

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानमा उनी निर्वाचित भएका हुन् ।

महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत पाए ।

त्यस्तै उनीसँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले जम्मा ३७५ मत पाए । जसमा कुल ५४ मत बदर भएको थियो ।

महाविधेशनमा ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । बाँकी मतपेटिका पार्टी कार्यालय सानेपा लगिएको छ ।

सम्बन्धित समाचार