कांग्रेस महाधिवेशन खस्यो तीन हजार ७५४ मत खस्यो

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म तीन हजार ७५४ मत खसेको छ ।

पार्टीको निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल सात हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म तीन हजार ७५४ जनाले मतदान गरेका छन् ।

दिउँसो २ः३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा एक हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा एक हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका दुई हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन् ।

त्यस्तै, लुम्बिनीमा एक हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा एक हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन् । निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याएको छ ।

मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो । मतदान निर्वाध रुपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार