काठमाडौँ । प्रहरीले बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गाका विषयमा आज पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई लियन्त्रणमा लिएको हो।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।
बाल मन्दिरको जग्गालाई विभिन्न गतिविधिमा प्रयोग गरेको भन्दै काठमाडौं जिल्ला अदालतले वैशाख २७ गते २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । जसको एक महिनापछि श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो ।
सीआईबीले तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहर गोपाल श्रेष्ठय, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठ लगायतविरूद्ध पुर्जी जारी भएको थियो। यद्धपी कोहि पक्राउ पर्न सकेका थिएनन् ।
नक्सालमा रहेको करिव २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी भाडामा दिइएको थियो। नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म कैयौं पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो। २०८९ सालमा सकिने सम्झौता म्याद समाप्त नहुँदै नवीकरण गरेको उनीहरूमाथि आरोप छ।