परपुरूषसँग आपत्तिजनक अवस्थामा श्रीमतीलाई देखेपछि हत्या

0 Shares

काठमाडौं । दाङमा एक सैनिक जवान श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । शुक्रबार बिहान तुलसीपुर उपमहानगर ६ डुम्रीगाउँस्थित घरमा श्रीमतीको हत्या आरोपमा ३६ वर्षीय सालिकराम बुढाथोकी पक्राउ परेका हुन् ।

श्रीमतीको हत्या गरी फरार रहेका बुढाथोकीलाई प्रहरीले तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार सल्यान जिल्लाको कपुर कोट ६ घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमलदार बुढाथोकीले श्रीमती टीका बुढाथोकीको हत्या गरेका हुन् ।

शान्ति सेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहानै परपुरुषसँग आपत्तिजनक अवस्थामा भेट्टाएपछि हत्या गरेको प्रहरीले जनाएको छ । टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाकै जवान आर्यन थापालाई पनि खुकुरी प्रहार गरेका थिए । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने सालिकराम इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार