पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

0 Shares

बागलुङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ ।

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिक-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार