दुई टन गाँजासहित दुई जना पक्राउ

0 Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार