काठमाडौंमा एक पुरुषले आफ्नै परिवारलाई लगाए आगो, पाँच जना घाइते

0 Shares

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले आफूसहित परिवारमाथि आगो लगाएका छन् । उनले आफू र श्रीमतीसहित तीन छोरीलाई आगो लगाएका हुन् ।

मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले पेट्रोल छर्किएर आगो लगाएका हुन् । सिंहले ४४ वर्षका श्रीमती विनु, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल लगेको थियो । अहिले उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा जेठी र माइली छोरी गम्भीर घाइते भएका छन् । उनीहरूको आईसीयूमा उपचार भइरहेको छ ।

चञ्चलले रक्सी खाएर श्रीमीसँग झगडा गर्दै पटकपटक मार्ने धम्की दिँदै आएका थिए । केही दिनअघि मात्रै विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमानले हिंसा गर्दै आएको भन्दै जानकारी गराएकी थिइन् ।

सम्बन्धित समाचार