नेपाल एसबिआई बैंकद्वारा बाढीपिडितको लागि १ करोड ३१ लाख सहयोग

0 Shares

काठमाडौँ । नेपाल एसबिआई बैंकले बाढी प्रभावित व्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबन्धन अधिकृत, प्रविन मुनि बज्राचार्य तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग उपलब्ध गराउने बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कल्याण प्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ ।

बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै, प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको पुनरुत्थान, पुनःस्थापना, तथा समग्र कल्याणमा सार्थक योगदान पुर्‍याउन र संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन दृढ प्रतिबद्ध रहेको जनाएको छ ।

सम्बन्धित समाचार