मनकामना केबलकारका कर्मचारीले बाढीपीडितलाई गरे ३ लाख ११ हजार सहयोग

0 Shares

काठमाडौँ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मनकामना केबलकारका कर्मचारीले ३ लाख ११ हजार २२२ रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीका अनुसार कर्मचारीले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदान गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

कर्मचारीले एभरेस्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उक्त रकम जम्मा गरेका हुन्।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको सरकारले जनाएको छ।

मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ। कर्मचारीको योगदानले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।

सम्बन्धित समाचार