राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल

0 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। उनले आज दिउँसो साढे ३ बजे सम्बोधन गर्ने भएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार उनले भोटेकोशीको बाढीपछि रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि सम्बोधन गर्न लागेका हुन्।

राष्ट्रपति पौडेल आजै बाढी प्रभावित क्षेत्रमा गएर अवलोकन गरी फर्किएका थिए। त्यहाँ उनले भएको क्षति र मानवीय संकटलगायतका विषयमा नेपाली सेना र अधिकारीसँग जानकारी लिएका थिए।

भदौ १० गते गएको बाढी पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो।

सम्बन्धित समाचार