ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको भिडियो भाइरल भएपछि दाह्री-कपाल काटेर भाग्दै थिए सालिन, कलंकीबाट समातिए

0 Shares

काठमाडौं । ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको भिडियो दृश्य भाइरल भएपछि पक्राउ परेका शालीन साह रूप परिवर्तन गरेर भाग्न लाग्दा शनिवार पक्राउ परेका थिए । उनीमाथि थप कारबाहीका लागि प्रहरी वृत्त, लैनचौर (सोह्रखुट्टे) मा पठाइँदैछ ।

भाइरल भिडियोमा देखिएको दृश्य भदौ १८ को थियो । त्यसमा देखिने आफ्नो लामो कपाल र दाह्री-जुँगा काटेर उनी कलंकीबाट भाग्न खोज्दा शनिवार फेला परेका हुन् । ३० वर्ष उमेरका उनी तराईमूलका हुन् । पीडित युवती पनि नेपाली नै भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काले बताए ।

अपराध अनुसन्धान कार्यालय र सोह्रखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले शालीनलाई कलंकीस्थित तासिनडोलबाट उनलाई पक्राउ गरेको हो ।

एसएसपी खड्काका अनुसार मुद्दा चलाउने प्रयोजनका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ ।

घटना ठमेलमा भएको र उक्त घटनास्थलको कार्यक्षेत्र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) भएका कारण थप अनुसन्धान त्यहीँबाट हुने भएको हो ।

सम्बन्धित समाचार