धादिङ-काठमाडौं जोड्ने पक्की पुल बगाएपछि झोलुङ्गे पुलबाट जोखिम मोल्दै सदरमुकाम जान बाध्य सर्वसाधारण

0 Shares

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङ–काठमाडौं जोड्ने पक्की पुल बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

बाढीले सडक तथा पक्की पुलमा क्षति पुर्‍याएपछि नियमित आवतजावत प्रभावित भएको छ। सडकमार्ग अवरुद्ध भएपछि सर्वसाधारणले वैकल्पिक रूपमा जोलुङ्गे पुल प्रयोग गर्दै सदरमुकाम तथा अन्य गन्तव्यतर्फ जानुपरेको छ।

जोलुङ्गे पुलबाट आवतजावत गर्दा जोखिम हुने भए पनि दैनिक आवश्यक कामका लागि यात्रा गर्नुपर्ने बाध्यताका कारण स्थानीयवासी जोखिम मोलेरै पुल पार गरिरहेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई पुलबाट आवतजावत गर्न थप कठिनाइ भइरहेको छ।

बाढीका कारण मुख्य सडक र पुलमा क्षति पुगेपछि यातायात सेवा प्रभावित हुँदा स्थानीयवासीलाई खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री ओसारपसारमा समेत समस्या भएको छ।

स्थानीयले क्षतिग्रस्त पक्की पुल तथा सडकको तत्काल मर्मत गरी सुरक्षित आवतजावतको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, वैकल्पिक मार्ग र पुलको सुरक्षित व्यवस्थापन गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण संकलन तथा सडक–पुल पुनःनिर्माणको काम चुनौतीपूर्ण बनेको छ। तत्काल सुरक्षित वैकल्पिक व्यवस्था नहुँदा सर्वसाधारणको जोखिमपूर्ण यात्रा अझै केही समय जारी रहने अवस्था देखिएको छ।

सम्बन्धित समाचार