भीषण बाढीको ११ दिनपछि माथिल्लो त्रिशुली जलविद्युत् आयोजनाबाट एक जनाको जीवितै उद्धार

0 Shares

नुवाकोट । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट ४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो । यसअघि दुई नेपालीको जीवितै उद्धार गरिएको थियो ।

सम्बन्धित समाचार