वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

0 Shares

काठमाडौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ र संघमा आबद्ध सदस्य उद्योगहरूले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

संघका अध्यक्ष विकास दुगडले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

संघले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा पूर्वी नवलपरासीलगायतका जिल्लामा बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै पीडित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।

संघले प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापना तथा पूर्वाधार निर्माणमा समेत विशेष ध्यान दिनुपर्ने जनाएको छ। सम्बन्धित निकायको सक्रिय पहल, समयमै निर्णय र आवश्यक सहयोगबाट पीडित परिवारलाई राहत पुग्ने संघको भनाइ छ।

राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावनाअनुरूप सहयोग गरिएको जनाउँदै संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार