0
Shares
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । शवको सनाखत हुन सकेको छैन ।
मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने भएको छ । १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा शव भेटिएको हो । यसअघि प्रहरीले एउटै घरबाट २० वटा शव निकालिएको थियो ।