भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये ६१६ जनाको शव फेला

0 Shares

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । शनिबार बिहान ७ बजेसम्म ६१६ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

तीमध्ये रसुवामा १४ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४५ जना, चितवनमा २३३ जना, गोरखामा ४८ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १५८ जना र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।

अहिलेसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको कार्यालयले जनाएको छ । रसुवामा ६०७ जना, नुवाकोटमा एक हजार ६२२ जना, धादिङमा ३ जनाको उद्धार गरिएको हो ।

सम्बन्धित समाचार