0
Shares
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।
हिमालयन रिकी सीईओ उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।
बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए । पौडेल काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।