अवैध नगद ल्याउँदै गरेका धादिङका युवासहित आठ जना पक्राउ

0 Shares

काठमाडौं । पर्सा वीरगञ्ज महानगर १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको चार लाख ८२ हजार नेपाली रूपैयाँ र एक लाख ७२ हजार भारूसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ धुनीवेँशी नगरपालिका १ बस्ने ३२ वर्षीय राजन तामाङसहित ६ जना रहेका छन् । अन्य पाँच जनाको नाम सर्वाजनिक भएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा. २० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।

यस्तै, काठमाडौं महानगर ७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगर २४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका ४ घर भएका ५० वर्षीय भिमसेन विश्‍वकर्मा र २९ वर्षीय खेमराज विश्‍वकर्मा रहेका छन् ।

सम्बन्धित समाचार