अवैध एक करोड एक लाख नगदसहित पुरुष पक्राउ

0 Shares

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका ५ दुर्गा मन्दिर नजिकबाट स्रोत नखुलेको अवैध एक करोड एक लाख नगदसहित एक पुरुष पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेक प्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कार जाँच गर्दा बोरामा लुकाएको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हरिनगर ५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ । उक्त रकम हुण्डी कारोबारको भएको आशंका गरिएको छ ।

बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित समाचार