नेपाल लाइफको खुद नाफा ४६ करोड ५४ लाख, जीवन बीमा कोषमा पौने ३ खर्ब

0 Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ नाफा आर्ज नगरेको थियो । तुलनात्मक रुपमा कम्पनीको नाफा १५ प्रतिशतले घटेको छ ।

कम्पनीको खर्च वृद्धि भएसँगै नाफामा दबाब परेको हो । अघिल्लो वर्ष ६४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको कम्पनीले गत वर्ष ७० अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ । कम्पनीको आम्दानी ६८ अर्ब ३० करोडबाट ७४ अर्ब ३३ करोडमा उक्लिएको छ ।

कम्पनीको कुल सम्पत्ति बढेर २ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ भने दायीत्व बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले सरकारलाई ३ अर्ब २२ करोड रुपैयाँ आयकर बुझाएको छ ।

गत वर्ष ११ लाख ७७ हजार ८०३ वटा नयाँ पोलिसि बिक्री गरेको कम्पनीले २ खर्ब ११ अर्ब रुपैयाँ दिर्घकालिन र ३८ अर्ब रुपैयाँ अल्पकालिन लगानी गरेको छ । कम्पनीको जीवन बीमा कोषमा पौने ३ खर्ब रुपैयाँ रहेको छ । गत आवको असार मसान्तसम्म सो कोषमा २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ४.९१ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२६.०७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य ३ हजार ८१.१४ रुपैयाँ र औसत प्रतिफल दर ८.३५ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार