लालबकैया नदीमा बेपत्ता दुई बालबालिकाको शव फेला, एकको खोजी जारी

0 Shares

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेला परेको छ ।

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षिक वसन्त गौतमले जानकारी दिए ।

घटना स्थलभन्दा करिब पाँच किमी दक्षिण परोहा नपा २ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेला परेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरी ‘पोष्टमार्टम’ गर्नका लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलपतर्फ खटिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार