चक्कु प्रहारबाट मजदुरको मृत्यु, एक जना पक्राउ

0 Shares

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका ५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका ७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ । घटना गए राति भएको हो । हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति निजलाई जिल्ला अदालत पुर्याइएको छ ।

सम्बन्धित समाचार