काठमाडौं । काठमाडौं महानगरमा करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन मागेको छ ।
महागरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।
महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र काठमाडौं महानगर प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।
वैकल्पिक सूची काठमाडौं महानगरको वेबसाइट www.kathmandu.gov.np को डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको व्यहोरा समेत जानकारी गराएको छ ।
दरखास्त दिदा वैकल्पिक दर्ता नं. खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समावेश गर्न पर्ने सूचनामा जनाइएको छ ।